‘जनयुद्ध दिवस’मा सार्बजनिक बिदा — OSNepal

‘जनयुद्ध दिवस’मा सार्बजनिक बिदा

LC (KTM) February 10, 2023 0

काठमाडौं, २७ माघ । कर्णाली प्रदेश सरकार पछि बाग्मती सरकारले ‘जनयुद्ध दिवस’मा सरकारी बिदा दिने निर्णय गरेको छ । बाग्मती प्रदेश सरकारको गत २४ माघमा बसेको मन्त्रिपरिषद बैठकको निर्णय अनुसार १ फागुनमा जनयुद्ध दिवसको अवसरमा बिदा दिने निर्णय भएको हो ।

बाग्मती प्रदेश, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता अनुशिल सापकोटाले जारी गरेको सुचनामा भनिएकाे छ, ‘जनयुद्ध दिवसको अवसरमा सम्बत २०७९ फागुन १ गते सोमवारका दिन बाग्मती प्रदेशभर सार्बजनिक बिदा दिने निर्णय गरेको हुदाँ सबन्धित सबैको जानकारीका लागि यो सुचना प्रकाशित गरिएको छ ।’

यसअघि कर्णाली प्रदेशले पनि गत २३ माघको मन्त्रिपरिषदको निर्णय अनुसार ‘जनयुद्ध दिवस’मा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । दुबै प्रदेशमा नेकपा माओवादी केन्द्र नेतृत्वको सरकार गठने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर