महाशिवरात्रि नजिकिएसँगै सिँगारिँदै पशुपति क्षेत्र — OSNepal

महाशिवरात्रि नजिकिएसँगै सिँगारिँदै पशुपति क्षेत्र

LC (KTM) February 10, 2023 0

काठमाडौँ- महाशिवरात्रि नजिकिएसँगै पशुपतिनाथ क्षेत्रमा तयारी तीव्र पारिएको छ । पशुपति क्षेत्र विकास कोषले यही फागुन ६ गते त्रयोदशीका दिन पर्ने महाशिवरात्रिमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको सहजताका लागि आठवटा उपसमिति गठन गरेर काम गरिरहेको जनाएको छ ।शिवरात्रिको तयारीका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ ।

मूल समारोह समितिअन्तर्गत गठन भएका उपसमितिहरूले महाशिवरात्रिको तयारीलाई तीव्रता दिएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताउनुभयो । आवास तथा भौतिक, स्वास्थ्य एवं वातावरण, प्रचारप्रसार, सन्त तथा धार्मिक कार्यक्रम, सुरक्षा तथा दर्शन, स्वयंसेवालगायतका उपसमितिहरूले पाएको जिम्मेवारीअनुसार काम सुरु गरिएको उहाँको भनाइ छ ।

शिवरात्रि नजिकिएसँगै पशुपति क्षेत्रमा साधुसन्तको आगमनसमेत सुरु । यस वर्ष एक हजार पाँच सयको हाराहारीमा साधुसन्तको आगमन हुने अनुमान ।
उहाँले भन्नुभयो, “पशुपति क्षेत्रमा रङरोगन र बिजुली–बत्ती जोड्ने, मर्मतसम्भारका काम भइरहेका छन् । महाशिवरात्रिको तयारीका क्रममा कोषले आउने आइतबार विशेष सफाइ पनि सुरु गर्न लागेको छ ।”

यस पटक महाशिवरात्रिमा जगन्नाथपुरीस्थित गोवद्र्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वतीको सहभागितामा तीनदिने लिङ्गपुराण, वेदपुराण र वैदिक गणितबारे प्रवचन तथा व्याख्यात्मक कार्यक्रम गरिने उहाँले बताउनुभयो ।

शिवरात्रि नजिकिएसँगै पशुपति क्षेत्रमा साधुसन्तको आगमनसमेत सुरु हुन थालेको छ । विभिन्न स्थानबाट मेला भर्न आउने साधुसन्तको लागि हंसमण्डप क्षेत्रमा भोजनको व्यवस्था गरिने र त्यहाँ शुक्रबारदेखि संरचनाहरू निर्माण थालिने उहाँले बताउनुभयो । त्यसैगरी पशुपति क्षेत्रमा सफाइ, शौचालय, खानेपानी, जुत्ताचप्पल राख्ने स्थानको व्यवस्थाको प्रबन्धसमेत सुरु भइसकेको छ । गोर्खार्खापत्रमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर