‘कांतारा’को पहिलो पार्ट घोषणा, स्क्रिप्ट लेखनको काम सुरु — OSNepal

‘कांतारा’को पहिलो पार्ट घोषणा, स्क्रिप्ट लेखनको काम सुरु

LC (KTM) February 10, 2023 0

काठमाडौँ । भारतीय बक्सअफिसमा मात्रै १ सय ५० करोडको कलेक्सन गरेको फिल्म ‘कांतारा’को पहिलो पार्ट बन्ने भएको छ ।

गत ३० सेप्टेम्बरमा रिलिज भएको फिल्मले प्रदर्शनको सय दिन पूरा गरेको अवसरमा निर्देशक तथा अभिनेता ऋषभ शेट्टीले प्रिक्वेल निर्माणको घोषणा गर्दै सन् २०२४ मा रिलिज हुने जानकारी दिएका छन् ।

सर्वशक्तिमान देवको आशीर्वादले फिल्मले सफलतापूर्वक सय दिन मनाएको उल्लेख गर्दै उनले भने यो खुसीको अवसरमा ‘कांतारा’को प्रिक्वेल घोषणा गर्दैछु , ‘कांतारा’ दोस्रो पार्ट भएको जानकारी दिँदै उनले अर्को वर्ष पहिलो पार्ट आउनेछ ।

उनका अनुसार हाल स्क्रिप्ट लेखनको काम भैरहेको छ । सुरुवातमा सामान्य रुपमा रहेको फिल्मले ‘वर्ड अफ माउथ’को साथ पाएसँगै शानदार व्यापार गर्दै कन्नड भाषामा बनेको यो फिल्मले कमाल नै गर्न सफल भयो ।

फिल्मको सानदार कमाईपछि १४ अक्टोबरबाट हिन्दी, तमिल र तेलुगु भाषामा पनि रिलिज गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर