भारतीय कलाकार ब्रह्मानन्दम्‌ शिरमा नेपाली ढाका टोपी, नीता ढुंगानाले बाहिर ल्याइन तस्विर — OSNepal

भारतीय कलाकार ब्रह्मानन्दम्‌ शिरमा नेपाली ढाका टोपी, नीता ढुंगानाले बाहिर ल्याइन तस्विर

LC (KTM) February 10, 2023 0

काठमाडौं – नीता ढुंगानाको ‘ह्रस्वदीर्घ’को छायांकन सेटबाट विन्द्र, ब्रह्‍मानन्दम् र अलीको क्यारेक्टर लुक्स बाहिरिएको छ । नेपाली अभिनेता रविन्द्र झा भारतीय कलाकारहरु ब्रह्मानन्दम् र अलीसँग देखिएका छन् । कुर्था र धोती र ढाकाटोपीमा ब्रह्मानन्दम् सजिएका छन् भने रविन्द्र पण्डितको लुक्समा देखिएका छन् ।ब्रह्मानन्दम्लाई नेपाली ढाका टोपीमा राम्रो देखिएको छ ।

केही दिन अगाडि एक कार्यक्रम सहित फिल्मको छायाङ्कन सुरु भएको हो ।अलि राजस्थानी लुक्समा देखिएका छन् । पहिलो दिन नेपाली अभिनेता र अलीको दृश्यसँगै फिल्मको छायांकन सुरु भएको बताइएको छ । नीता ढुंगाना र हहिरको मुख्य भुमिका रहेको फिल्ममा आदर्श मिश्रले पनि अभिनय गर्ने छन् ।

फिल्मबाट सलोन बस्नेत बाहिरिएपछि आर्दश भित्रिएका थिए । भारतको हैदराबादस्थित रामोजी स्टुडियोमा फिल्मको छायाकंन भइरहेको छ । २ दिनसम्म रामोजी स्टुडियो र त्यसपछि आग्रास्थित ताजमहलमा फिल्म छायांकनको तयारी छ ।

त्यसपछि नेपालमा अर्को चरणको छायांकन हुने बताइएको छ । फिल्ममा नेपाली कलाकारहरु सरोज खनाल, विपना थापा, हरिहर अधिकारी, आयुश मिश्रा लगायतको अभिनय हुनेछ । फिल्मलाई चन्द्र पन्तले निर्देशन गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर