जितको खबरसँगै छरछिमेकमा घुम्दै खुशी साट्दै गर्दा हृदयाघातका कारण निर्वाचित वडा सदस्यको मृत्यु

Posted By OSNepal, California, USA || Date: 21 September, 2017

राजविराज, ५ असोज (रासस) । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं २ बाट निर्वाचित दलित महिला सदस्य पैँतालीस वर्षीया जसोदेवी खत्वेणीको हृदयाघातका कारण आज मृत्यु भएको छ ।

राष्ट्रिय जनता पार्टी नेपालका तर्फबाट दलित महिला सदस्यमा उहाँ बुधबार निर्वाचित हुनुभएको थियो । जितको खबरसँगै गाउँटोल तथा छरछिमेकमा घुम्दै खुशी साट्दै गर्दा हृदयाघातका कारण उहाँको मृत्यु भएको वडा सदस्य शिवचरण मण्डलले बताउनुभयो । उहाँ एक छोरा र दुई छोरी छन् ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!