समयमा काम सुरु नभएपछि अनमोले निराश हुँदै छाडेको ‘एक्स ९’ मा प्रदीप खड्का पक्का, भारत पुगेर निर्देशकसँग यसरी गरे पूजा — OSNepal

समयमा काम सुरु नभएपछि अनमोले निराश हुँदै छाडेको ‘एक्स ९’ मा प्रदीप खड्का पक्का, भारत पुगेर निर्देशकसँग यसरी गरे पूजा

LC (KTM) February 10, 2023 0

काठमाडौं -नायक अनमोल केसीले संझौता गरेको समयसम्म पनि छायांकन नभएपछि छाडेको फिल्म ‘एक्स ९’ प्रदीप खड्काले अभिनय गर्ने पक्का पक्की भएको छ । फिल्मका निर्देशक मुकुन्द भट्टले भने ‘एक्स ९’लाई अगाडि बढाइसकेका छन् ।

भारतको नासिक त्रयम्बकेश्वर मन्दीरमा पुगेर प्रदीपले निर्देशक मुकुन्द भट्टसँग पुजा गरे पछि उनले बाम गर्ने पक्का पक्की भएको हो । यसबाट पनि यी दुइले एकसाथ काम गर्ने निर्णय गरिसकेको बुझ्न सकिन्छ ।

फिल्मका लागि ४ महिना लगाएर शरीर सुगठीत बनाएका अनमोल निर्धारित समयमा पनि काम सुरु नभएपछि छाडेका थिए । फिल्ममा भारतिय कलाकार सुनिल सेट्टीले पनि काम गर्ने चर्चा चलेको थियो । फिल्ममा सौगात मल्ल, पुष्प खड्का, नीति शाह लगायतका कलाकारलाई फाइनल भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर