जर्मन बुन्डेसलिगा फुटबलमा बार्यन म्युनिखको सहज जित — OSNepal

जर्मन बुन्डेसलिगा फुटबलमा बार्यन म्युनिखको सहज जित

LC (KTM) February 12, 2023 0

जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले सहज जित निकालेको छ ।शनिबार राति भएको खेलमा बायर्नले बोचुमलाई ३-० गोल अन्तरले पराजित गरेको हो । खेलको ४१ औं मिनेटमा थोमस मुलरले गोल गर्दै बायर्नलाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको ६१ औं मिनेटमा किङ्सले कोम्यानले गोल गर्दै बायर्नलाई २-० को अग्रता दिलाए ।त्यसपछि खेलको ७३ औं मिनेटमा सेर्जी जिनाब्रीले गोल गर्दै बायर्नलाई ३-० को जित दिलाए ।जितसँगै बायर्नले २० खेलमा ४३ अंक जोडेको छ । बायर्न शीर्ष स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर