अफगानिस्तानमा ८०० युवा राष्ट्रिय सेनामा भर्ती — OSNepal

अफगानिस्तानमा ८०० युवा राष्ट्रिय सेनामा भर्ती

LC (KTM) February 12, 2023 0

काबुल-अफगानिस्तानले आठ सय युवालाई आफ्नो राष्ट्रिय सेनामा भर्ती गरेको छ । राजधानी काबुल र पश्चिमी हेरात प्रान्तमा तीन महिनाको सैन्य तालिम पूरा गरेपछि उनीहरूलाई भर्ना गरिएको रक्षा मन्त्रालयले जनाएको छ ।

हेरात प्रान्तको अल फारुक आर्मी कप्र्सबाट तीन महिनाको सैन्य तालिम पूरा गरेका चार सय ८० जना तथा काबुल सैनिक प्रशिक्षण प्रतिष्ठानबाट केही दिनअघि तालिम गरेका तीन सय २२ जनालाई सेनामा भर्ना गरिएको रक्षा मन्त्रालयले आज यहाँ एक विज्ञप्ति निकालेर बताएको हो ।

रक्षा मन्त्रालयका अनुसार अफगानिस्तानले आफ्नो सिमानाको रक्षा गर्न एक लाख ५० हजार जवानको सुदृढ फौज तयार गर्ने योजना बनाएको छ । नयाँ भर्ना भएका सैनिकलाई देशका विभिन्न भागमा तैनाथ गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर