चिकित्सक संघको हडतालले वीर अस्पतालमा बिरामी अलपत्र (फोटोफिचर) — OSNepal

चिकित्सक संघको हडतालले वीर अस्पतालमा बिरामी अलपत्र (फोटोफिचर)

LC (KTM) February 12, 2023 0

काडमाडौं, २९ माघ । नेपाल चिकित्सक संघको आन्दोलनका कारण वीर अस्पतालमा बिरामीहरु अलमलमा परेका छन ।ट्रमा सेन्टरका एक चिकित्सकमाथी सुरक्षाकर्मीले हातपात गरेको बिरोधमा आज आकस्मिकबाहेक अस्पतालको सेवा सबै ठप्प पारिएको छ । जसका कारण उपचारका लागि अस्पताल आएका बिरामी अलमलमा परेका छन ।

स्याङजका एक बिरामी रामेश्वर न्यौपाने भन्छन, ‘अस्पतालमा उपचारका लागि आईयो तर यहाँ तालाबन्द छ, अब कसरी उपचार गर्नु ? अलपत्र परियो ।’ सरकारले सो घटनामा संलग्न एक बरिष्ठ उपरिक्षकलाई निलम्बन गरेको घोषणा गरिसक्दा पनि चिकित्सक संघले अझै आन्दोलन फिर्ता लिएको छैन ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा भने बिहानै देखी सरकार र चिकित्सिक संघका पदाधिकारी बिच बार्ता भने भईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर