शिक्षक संगठन अर्घाखाँचीकाे अध्यक्षमा युवराज भुसाल — OSNepal

शिक्षक संगठन अर्घाखाँचीकाे अध्यक्षमा युवराज भुसाल

LC (KTM) February 12, 2023 0

अर्घाखाँची, २९ माघ । नेकपा माओवादी केन्द्र निकट शिक्षकहरुकाे संगठन एकीकृत अखिल नेपाल शिक्षक संगठन अर्घाखाँचीकाे अध्यक्षमा युवराज भुसाल चयन भएका छन् ।

जिल्ला सदरमुकाम सन्धिखर्कमा भएकाे जिल्ला अधिवेशनले भुसालकाे नेतृत्वमा नयाँ कार्य समिति सर्वसम्मत चयन गरेकाे हाे ।

अधिवेशनले उपाध्यक्षमा रुद्रमणि खनाल, सचिवमा वसन्त खडका , सहसचिवमा गणेश बेल्बासे, कोषाध्यक्षमा बिस्नु दर्जी लगायतलाई निर्वाचित गरेकाे हाे ।

त्यस्तै अधिवेशनले छबिलाल चुदालीको अध्यक्षतामा सल्लाहकार समिति र सकुन्तला रायमाझीको अध्यक्षतामा महिला विभाग सर्बसम्मत गठन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर