प्रधानमन्त्री प्रचण्ड भन्छन् 'केही दिनमै राष्ट्रपतिमा सहमति हुन्छ' — OSNepal

प्रधानमन्त्री प्रचण्ड भन्छन् ‘केही दिनमै राष्ट्रपतिमा सहमति हुन्छ’

LC (KTM) February 17, 2023 0

काठमाडौं, ५ फागुन-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही दिनमै राष्ट्रपतिमा सहमति कायम हुने बताएका छन् । 

बालकोटमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि प्रधानमन्त्री प्रचण्डले गठबन्धन नभत्किने बताएका हुन् ।

गठबन्धन नभत्किँने र राष्ट्रपतिको विषय केही दिनमै टुंगोमा पुग्ने उनको भनाइ छ । गठबन्धन आबद्ध दलहरू एकै ठाउँ रहेको उनको भनाइ छ । 

राष्ट्रपतिा सहमति नजुटेपछि पछिल्लो समय प्रचण्ड र ओलीको भेट बाक्लिएको छ । दिन बिराएर उनीहरू बालुवाटार वा बालकोटमा भेटघाट गर्दै आएका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर