उपराष्ट्रपति नन्दकिशोर पुनद्वारा नृत्य निर्देशक कृष्ण रसाल सम्मानित — OSNepal

उपराष्ट्रपति नन्दकिशोर पुनद्वारा नृत्य निर्देशक कृष्ण रसाल सम्मानित

LC (KTM) February 19, 2023 0

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली सिनेमाको बिषयमा बोलेका छन । उनले नेपाली समाज रुपान्तरणमा सिनेमाले क्षेत्रले खेलेको भूमिका अतुलनीय रहेको बताए । ग्लोबल टेलिभिजनबाट प्रसारण भइरहेको टेलिश्रृंखला ‘अब जे होला होला’ को ५१औँ भाग पूरा भएको अवसरमा बुधवार आयोजित कार्यक्रममा उनतले सिनेमा मानव जीवनको अभिन्न अङ्ग भइसकेको बताएका हुन् ।

नेपाली सिने क्षेत्रमा टेलिचलचित्रको आफ्नै भूमिका रहेको उल्लेख गर्दै उनले विशेष गरी हास्य टेलिचलचित्रको प्रभाव र त्यसप्रतिको आकर्षण बढ्दै गएको बताए ।

देशको राजनीतिक तथा सामाजिक रुपान्तरण, भाषा, संस्कृति, गीत, सङ्गीत, साहित्यको संरक्षण, प्रवद्र्धनमा उच्चतम् योगदान दिने राष्ट्रका सम्पत्ति कलाकारलाई उचित सम्मान र पुरस्कृत गर्न आवश्यक रहेको उनको भनाइ छ । उनले भोलिका वरिष्ठ कलाकार, आजका प्रतिभावान् कलाकार जीविकोपार्जनका लागि विदेशिनु पर्ने बाध्यता रोक्न सरकार र सबै पक्षको ध्यानाकर्षण गराए ।

कार्यक्रममा नेपालको पहिलो नायिका भुवन थापा चन्द, वरिष्ठ कलाकार बसुन्धरा भुसाल, चैत्यदेवी सिंह, लय सङ्ग्रौला, नृत्य निर्देशक कृष्ण रसाल , लगायत कलाकार, गीतकार, निर्माता, निर्देशक, सञ्चारकर्मी, प्राविधिकलाई सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर