कम्युनिस्ट पार्टीहरूको एकताको बहसले जनताको मुहारमा परिवर्तनको संकेत देखियो

Posted By OSNepal, California, USA || Date: 6 October, 2017

हरिहर पौडेल – नेपाली राजनितिमा दुई धु्वमा बाँदिएका तथा बिभाजित भएका कम्युनिस्ट पार्टीहरूको एकताको बहसले साम्यवादी र क्रान्तिकारी बिचार बोकेका जनताको मुहारमा परिवर्तनको संकेत देखिएको छ । छिमेकी मुलुकहरूमा कतै खुसीयाली छाएको छ भने कतिको निद्रा हराएको छ त्यस्तै कतीको रूवाबासी चलिरहेको छ । जे होस व्यक्तिगत स्वार्थका कारण गुट-उपगुट सिर्जना गरि बिभिन्न धुर्वमा बिभाजित साम्यवादी बिचार बोकेका नेताहरूले आफ्नो व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर कसैको उक्साहटमा नलागी एउटै कम्युनिस्ट पार्टी निर्माण गर्न लाग्नु आम नेपाली जनताहरूको लागि खुसिको कुरा हो ।

मुलुकको आवश्यकता र नेपाल राष्ट्रको बृहत्त विकासको अवधारणालाई सार्थक तुल्याउने लक्ष, उदेश्य, निती र क्रान्तिकारी बिचार बोकेर हिँडेका मुख्य दुई बाम दल एमाले र माओवादी केन्द्र एउटै छातामुनि गोलबन्द हुनु नेपाल राष्ट्र र जनताको लागी खुसीको कुरा हो। स्थानिय निर्वाचन संपन्न भैसकेको अवस्था छ । स्थानिय निर्वाचनको परिणामले देशमा स्थिरता कायम गर्न नेपाल राष्ट्रको कार्यभार पुरा गर्न वामपंन्थीहरूको एकतामा जोड दिएको छ भने देश र जनतालाई वामपंन्थी सरकारको खाँचो रहेको आभाश भाईसकेको छ । यसलाई मूर्तरूप दिन अब हुन गैरहेको प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा वामपंन्थी र प्रगतिशील शक्ति बिच कार्यगत एकता गर्दै चुनावी तालमेल हुन आवश्यक छ।त्यो कुराको महशुस गरि एमाले र माओवादी केन्द्रले आ-आफ्नो ठाउँबाट आत्मसमिक्षा गरिसकेका छन र पार्टी एकताका लागि समेत पहल सुरु गरिरहेका छन। दुनियालाई चकित हुने गरि गरिएको यो पहलकदमिले नेपाली राजनितिक रंगमन्चमा बहस को विषय बनेको छ । त्यस्तै यता छिमेकी मुलुकहरूमा तरंगको संचार हुन पुगेको छ । यथास्थितिवादी र दक्षिणपंन्थि शक्तिहरूको निद हराम भएको छ । देशका राजनेताहरु व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर देश निर्माण गर्न र जनताको मुहार फेर्न निस्वार्थरुपमा भित्री मनै देखी वामएकताको पहल गरेमा जनचाहनाको सरकार निर्माण हुने छ र सांच्चिकै नयाँ नेपाल बन्ने छ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!