शरदकुमार गौचनको हत्याको रहस्य,आगाडीनै दिएका थिए संकेत(सम्पूर्ण प्रमाण सहित)

Posted By OSNepal, California, USA || Date: 10 October, 2017

ओएसनेपाल, पोखरा- नेपाल निमार्ण व्यवसायी संघका अध्यक्ष शरदकुमार गौचनको हत्याको जिम्मा मनोज पुन समूहले लिएको छ । मनोज पुन समूहले यस अघि युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीमाथि गोली प्रहार गरी हत्या गरेको थियो ।

प्रहरी इन्काउन्टरमा मारिएका डन कुमार श्रेष्ठ ‘घैंटे’का खास सहयोगी बस्नेत निकट लोप्साङ राईले काठमाडौं परिसर प्रमुख एसएसपी रविन्द्रसिंह धानुकलाई फोन गरी घटनको जिम्मा लिएका हुन् । प्रहरीले त्यसबारेमा अनुसन्धान अगाडि बढाएको छ । यसअघि काभ्रेली गुण्डा नाइके दावा लामामाथिको गोली प्रहारको घटनामा पनि राइले काठमाडौंका तत्कालिन एसएसपी छवीलाल जोशीलाई फोन गरी घटनाको जिम्मा लिएका थिए ।

करिब दिउँसो तीन बजे गौचन बा १३ च ४९४८ नम्बरको ल्यान्डकुजरको अगाडि सिसाबाट गोली प्रहार भएको थियो । प्रहरीका अनुसार उनलाई बायाँ कोखा, कलेजोे र छाती नजिक तीन गोली लागेको छ । मोटरसाइकलमा आएका दुई अज्ञात व्यक्तिले उनीमाथि गोली प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् । गौचनको गाडीमा पहिला इटा प्रहार गरिएको थियो.घटनाको वास्तविकता यस्तो छ यस्तो छ घटनाको बास्तबिकता,सम्पूर्ण प्रमाण सहित आगाडीनै दिएका थिए संकेत.के गर्दै छ प्रहरी??? स्थलगत रिपोर्ट सहित हेर्नुहोस भिडियोमा

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!