चर्चित काङ्ग्रेस नेता गगन थापाले देखाए प्रदेश नम्बर तीनको मुख्यमन्त्री बन्ने इच्छा

Posted By OSNepal, California, USA || Date: 12 October, 2017

काठमाडौँ । नेपाली काङ्ग्रेसका नेता गगन थापाले आफूलाई प्रदेश नम्बर तीनको भावी मुख्यमन्त्रीको रुपमा प्रस्तुत गर्न पार्टीसमक्ष आग्रह गरेका छन् ।

टेलभिजनलाई दिएको एक अन्र्तवार्तामा गगनले यस्तो इच्छा राखेको बताएका छन् ।उनले नेपाली कांग्रेसले सात वटै प्रदेशको मुख्यमन्त्री यो हुन्छ र यो प्रदेशमा हामी जित्यौं भने यो गर्छौँ भनेर एजेण्डासहित जानुपर्ने कुरा पनि राखेका छन् ।

पूर्व मन्त्रीसमेत रहेका गगनले देउवालाई मौका दिन आग्रह गरेको बताएका छन् । उनले भने म हारें, म एक सानो ठाउँमा खुम्चिएर बस्नुपर्छ । मैले पार्टी जितउन सकें भने बल्ल मैले मौका पाउँछु ।

रिक्स त मैले लिएको हुँ नी । भनने कुरा मैले पार्टी सभापतिलाई भनेको हुँ,’अब मलाई दिनुहुन्छ दिनुहुन्न थाहा छैन ।’पार्टीले आफूलाई मुख्यमन्त्रीको उम्मेदवार नबनाए काठमाडौँको क्षेत्र नम्बर ४ बाट चुनाव लड्ने गगनको भनाई थियो ।

 

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!