खेतको गह्रामा भेटियो नालसहितको शिशु, प्रहरीले गर्यो उद्धार

Posted By OSNepal, California, USA || Date: 12 October, 2017

काठमाडौँ -आश्विन खाँदबारी नगरपालिका- १ मा नालसहितको बेवारिसे शिशु जिवितै फेला परेको छ । आज बिहान खेतको गह्रामा स्थानीयले शिशु जिवितै फेला पारेको बताइएको छ ।

जीवितै शिशु फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरीले शिशुको उद्धार गरेको छ ।शिशुको स्वास्थ्य स्थिति सामान्य रहेको चिकित्सकले जनाएको छ ।

शिशुलाई जिल्ला अस्पताल खाँदबारीमा राखिएको छ । बेवारीसे शिशु छाडेका सुत्केरी आमाको खोजी भइरहेको बताइएको छ ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!