यसकारण भनिएको हो शंकाले लङ्का जलाउँछ

Posted By OSNepal, California, USA || Date: 12 October, 2017

शंका अहिले बिवाहित जोडीहरुको सम्बन्ध टुटाउने प्रमुख कारक तत्व बनेको छ । शंकाकै कारण जन्म जन्मको लागी बाँधिएको बिवाह जस्तो पवित्र बन्धन पनि टोड्नु परेका कैयौँ उदाहरण हाम्रो समाजमा बिद्यमान नै छ । यहि शंकालाई नै प्रमुख बिषय बनाउँदै थ्री स्टार मिडियाले पछिल्लो समयमा अञ्जना जि.सी. कार्कीको ”शंका” डिजिटल बजारमा सार्वजनिक गरेको छ ।

सर्जक रेशम रचकको मर्मस्पर्शी शब्द अनि सर्जक टेक नारायण चापागाईँ टि.एन.सी. को उत्कृष्ट लय सृजनामा रहेको गीतमा अञ्जना जि.सी. कार्की सँगै चर्चित गयक कुलेन्द्र बिश्वकर्माको आवाज रहेको छ । समिर ठोक्करले निर्देशन गरेको गीतको छायंकन रेशम दर्लामीले गरेका हुन भने सम्पादन प्रदिप दहालले गरेका छन् । सुरेन्द्र लामीछाने र आशा खड्काको उत्कृष्ट अभिनय रहेको गीतको ब्यवस्थापन थ्री स्टार मिडियाले गरेको छ ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!