जीवित देवीका रुपमा पुजा गरिने पुर्बकुमारी मतिना शाक्य यसरी बिद्यालयमा पढ्न जाँदैछिन्(भिडियो सहित)


भक्तपुर। जीवित देवीकोरुपमा लामो समय पुजिएकी पूर्व कुमारी मतिना शाक्य अशोज २३ सोमबारदेखि विद्यालयको पोशाकमा सजिएर विद्यार्थी जीवन सुरु गरेकी छिन् । अन्य विद्यार्थी झै उनी पनि व्यागमा टन्नै पुस्तक र सामग्री बोकेर विद्यालयमा हाजिर भएकी छिन् । कुमारीकोरुपमा रहँदा पनि मतिनाले कुमारी घरमा पनि अध्ययनको अवसर पाएकोले उनलाई अध्ययन अघि बढाउन भने सहज हुने अवस्था छ ।

काठमाडौंको ओमबहालस्थित ग्रिनपिस को–एड स्कुलमा भर्ना भएकी पूर्व कुमारी मतिनालाई कुमारी घरमा रहँदा पनि सोही विद्यालय अध्ययन गराउने अवसर दिएको थियो । एउटा परम्परागत चलनको सबै भन्दा राम्रो सम्मानकोरुपमा विदेशीहरुले समेत कुमारीको सम्मान गर्दै आएका छन् । त्यही अध्याय पूरा गरेका मतिनाले अब अन्य सामान्य विद्यार्थी झै सामान्य जीवन आरम्भ गरेकी छिन् । सोमबार पहिलो पटक विद्यालय पुग्दा विद्यार्थी तथा शिक्षकले मतिनाको भव्य स्वागत गरेका थिए ।

कुमारीको रुपमा रहँदा मतिनालाई स्कुल जान छुट थिएन तर सोमबारबाट भने उनलाई यो अवसर जुरेको छ । मतिनाको स्कुल पहिलो दिनभए पनि उनले नर्सरी कक्षामा भने बस्न पर्ने छैन । किनकि उनले नर्सरी देखिको कक्षा सात सम्मको पढाई भने कुमारी घरमा नै पूरा गरेकी थिइन् ।

विद्यालयले सोमबार मतिनाको पहिलो दिन भएकोले स्वागतकार्यक्रम सहित कक्षामा प्रवेश गराएको थियो । विद्यालयकी प्रिन्सिपल पेमा योञ्जनले शाक्यले स्कुलमा सहज बनाउन उनलाई सामान्य विद्यार्थीकै व्यवहार गर्ने र नियमितरुपमा समय बढाउदै विद्यालयमा बस्ने बानी पारिने जानकारी दिनुभयो ।

मतिना पूर्व कुमारीको हैसियतमा स्कुल आउँदा सरकारले उनको पढाइ खर्चको लागि गरेको सहयोग कम भएको मतिनाको बुबाको गुनासो छ । नेपाली समाजले पूर्व कुमारीहरुलाई पनि उही सम्मानित नजरले हेर्दै आएको छ । कुमारी भइसकेपछि उनीहरुले जिन्दगीभर बिभिन्न नियम र अनुशासनहरुको पालना गर्नुपर्छ । त्यसैले पनि कुमारीको बारेमा समाज अझै नतमस्तक छ , सम्मान र मानमा कुनै कमी आउन दिएको छैन

Comment