गौचनलाई प्रधानमन्त्री देउवाले दिए अन्तिम श्रद्धाञ्जली

Posted By OSNepal, California, USA || Date: 12 October, 2017

काठमाडौं – निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको आज अन्त्येष्टि गरिने भएको छ । हत्यारालाई पक्राउ गरी कारबाही नभएसम्म गौचन परिवारले शव लिन अस्वीकार गर्दै आएका थिए । तर सरकारले उनलाई सहिद घोषणा गर्ने र चाँडोभन्दा चाँडो हत्यारा पक्राउ गरी कारबाही गर्ने प्रतिबद्धता जनाएपछि गौचनको शव बुझी अन्त्येष्टि गर्न परिवार सहमत भएको बताइएको छ ।

अनामनगरस्थित महासंघ प्रांगणमा राखिएको गौचनको पार्थीव शरीरमा आज बिहान प्रधानमन्त्री देउवाले अन्तिम श्रद्धाञ्जली दिएका थिए ।गौचनलाई श्रद्धाञ्जली दिन नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा, उपाध्यक्ष शेखर गोल्छालगायत महासंघ कार्यालय पुगेका थिए ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!