वैदेशिक रोजगारीमा जानेहरुको पहिचान आँखाबाटै

Posted By OSNepal, California, USA || Date: 12 October, 2017

वैदेशिक रोजगार विभागले नेपालमै पहिलोपटक सरकारी सेवामा ‘आइरिस रेकोग्नेसन सिस्टम’ सुरुवात गरेको छ । विशेष मेसिनमार्फत आँखाको नानीको बाहिरी भागका आधारमा व्यक्तिको पहिचान प्रमाणित गर्ने विद्युतीय सिस्टमलाई श्रम स्वीकृति दिँदा प्रयोग गर्न थालिएको हो ।

सरकारले अझैसम्म नागरिकको बायोमेट्रिक डाटाको सुरक्षासम्बन्धी कानुन बनाएको छैन । तर, सरकारी तवरबाटै आँखाको बायोमेट्रिक लिने काम सुरु भएको छ ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!