ठुलो दुर्घटना हुनबाट जोगियो सीता एयरको विमान

Posted By OSNepal, California, USA || Date: 12 October, 2017

सोलुखुम्बु, असाज २६-  सीता एयरको विमान आज दुर्घटना हुनबाट बचेको छ ।तेञ्जिङ्ग हिलारी विमानस्थल, लुक्लाबाट काठमाडौंका लागि उडान भर्न लागेको जहाज दुर्घटनाबाट बचेको हो ।

लुक्लामा अवतरण गरेको सीता एयरको नाइन–एनएजेएच कल साइन रहेको विमानको चक्कामा खराबी आएपछि चालक दलले समयमा नै थाहा पाएपछि विमानलाई पुनः पार्किङ्गतर्फ नै फर्काइ दुर्घटना हुनबाट जोगाएको बताइएको छ ।

उडानका लागि धावन मार्गको झण्डै एक सय मिटर दूरी पार गरेपश्चात मात्र विमानको हाईड्रोलिक चक्कामा खराबी आएको थियो ।विमानमा रहेका सबै चालक तथा यात्रु सकुशल रहेको पनि प्रहरीले जनाएको छ ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!