संसारकै सबैभन्दा धनी पप गायिका हुन रिहाना,कति छ उनको संम्पति ? — OSNepal

संसारकै सबैभन्दा धनी पप गायिका हुन रिहाना,कति छ उनको संम्पति ?

LC (KTM) February 28, 2023 0

हलिउडकी प्रसिद्ध पप गायिका रिहानाले आफ्नो गीतदेखि लिएर आफ्नो फेसन सेन्सेसनले सबैलाई चकित गरिरहेकी छिन् । तर अहिले उनले ठूलो घोषणा गरेर जनतालाई चकित पारेकि छिन् । हाफटाइम सुपर बाउल प्रदर्शनको क्रममा, रिहाना फेरि गर्भवती भएको अफवाह थियो। तर, रिहानाका प्रतिनिधिले गायिका दोस्रो पटक गर्भवती भएको पुष्टि गरेका छन् ।

रिहाना र उनको प्रेमी रकी आफ्नो दोस्रो बच्चालाई स्वागत गर्न धेरै उत्साहित छन्। रिहानाले हालै एक कार्यक्रममा आफ्नो बेबी बम्प देखाएकी थिइन् । रिहाना संसारमा धेरै लोकप्रिय छिन् । तर उनको जीवनसँग सम्बन्धित यी कुराहरू तपाईलाई थाहा छैन। रिहाना सेलिब्रेटीहरू मध्ये एक हुन् जसलाई उनीहरूको पहिलो नामले चिनिन्छ।

उनी आफ्नो पहिलो नामबाट यति चर्चित छिन् कि कसैले सोध्नु पर्दैन रिहाना को होरु तर यदि तपाई उनको पूरा नाम जान्न चाहनुहुन्छ भने, हामी तपाईलाई बताउन चाहन्छौं कि उनको पूरा नाम रोबिन रिहाना फेन्टी हो। रिहानाको जन्म फेब्रुअरी २०, १९८८ मा भएको थियो। ३५ वर्षको उमेरमा उनले यति प्रसिद्धि कमाएकी छिन् कि सारा संसारले उनलाई चिन्छन् । उनले धेरै ग्रामी, एमटिभी भिडियो अवार्ड, पिपुल्स च्वाइस अवार्ड जितेकि छन्।

यति मात्र होइन, उनको नाम ६ पटक गिनिज वल्र्ड रेकर्डमा पनि परेको छ । रिहानाको उचाइ १७३ सेमी अर्थात ५ फिट ८ इन्च छ । तर पनि, जब उनले हिल लगाउँ छिन् । यसका कारण उनको सुन्दरता झनै बढ्छ।रिहाना बार्बाडोसकी हुन्, जुन पूर्वी क्यारिबियन टापु र स्वतन्त्र ब्रिटिश राष्ट्रमंडल राष्ट्र हो। उनी सेन्ट माइकलमा जन्मिएकी थिइन् तर पछि ब्रिजटाउनमा सरे र त्यहीँ हुर्किन्। ब्रिजटाउन बार्बाडोसको राजधानी र यसको सबैभन्दा ठूलो शहर पनि हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर