उत्तर कोरियाली नेता किमले दिए पूर्व प्रेमिका होनलाई यस्तो महत्वपूर्ण जिम्मेवारी



एजेन्सी -उत्तर कोरियाली नेता किम जोन उनले आफ्नी पूर्व प्रेमिका होन सोङ वोल केन्द्रिय समितिमा पदोन्नती गरेको घोषणा गरेका छन्। अन्तराष्ट्रिय मिडियाका अनुसार किमकी प्रेमिका अर्थात् होन सोङ वोल कुनै समय उत्तर कोरियाली सांगीतिक समूह मोरानबोङको प्रमुख थिइन्।

उनी आबद्ध उक्त ब्यान्डले उत्तर कोरियामा विभिन्न प्रकारका प्रोपागान्डा फैलाउने गरेको बताइन्छ ।धेरै पटक डेटिङ जाने किमको प्रमिकासँग पहिलो भेट एउटा सांगीतिक कार्यक्रममा भएको र त्यही सम्बन्ध अन्ततः प्रेममा परिवर्तन भएको बताइन्छ ।

किम र उनीबीचको सम्बन्धबारे सेक्स टेप बनाई सार्वजनिक गरेकोले सन् २०१३ मा किमले होनको हत्या गरेको झुटो समाचार समेत फैलिएको थियो। सन् २०१४ मा उनी टेलिभिजनको पर्दामा देखिएपछि उनको मृत्युबारेका झुटा समाचारहरू स्वत हराएका थिए।

Comment