गगन थापालाई उपराष्ट्रपति पुत्र दीपेशको चुनौती

Posted By OSNepal, California, USA || Date: 12 October, 2017

एच.बी ताम्राकार , जापान – नेकपा (माओवादी) केन्द्र निकट अखिल क्रान्तिकारीले उपराष्ट्रपति पुत्र दीपेश पुनलाई आसन्न निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ को उम्मेदवारमा सिफारिस गरेको छ।

ओएस नेपालसंग कुरा गर्दै पुनले भने , ‘ सामान्य मानिसको परिचय काम हो । यत्ति हो मेरो परिचय । कामको मूल्यांकन सबैले गर्छन् । आफ्नो कामको मूल्यांकन हुँदा खुशी नहुने को पो होला । मेरो कामको मूल्यांकन हुँदा खुश छु।काठमाण्डौ ४ संघीय सांसद प्रत्यक्ष उम्मेदवारमा सिफारिस गरेकोमा मेरो कार्यक्षेत्र सम्बन्धित पार्टी कमिटीलाई धन्यवाद।नपत्ताएको खोलोले बगाउँला नि ,अहिलेलाई यत्ति भनौँ । ‘

क्रन्तिकारीको विद्यार्थी विशेष जिल्ला समितिको मंगलबार राजधानीमा बसेको बैठकले उपराष्ट्रपति पुनलाई सर्वसम्मत उम्मेदवार सिफारिस गरेको हो।

पुन अखिल क्रान्तिकारीका उपाध्यक्ष हुन्।काठमाडौं क्षेत्र नम्बर ४ मा कांग्रेसका गगन थापा र एमालेका डा. राजन भट्टराईले उम्मेदवारी घोषणा गरिसकेका छन्। यसैगरी विवेकशील साझा पार्टीबाट २६ वर्र्षीया सुबुना बस्नेत उम्मेदवार छिन्।

२०७० मा भएको दोस्रो संविधानसभा सदस्य निर्वाचनमा गगन सो क्षेत्रबाट निर्वाचित भएका थिए। उनले दीपेशका बुवा नन्दबहादुर पुन (हाल उपराष्ट्रपति) लाई पराजित गरेका थिए।

रोल्पाका दीपेश राजनीतिका साथै समाज सेवामासमेत सक्रिय छन् २०७२ को महाभूकम्पपछि पुन प्रभावित अधिकांश जिल्ला पुगेर राहत तथा पुनः निर्माणमा खटिएका थिए। गत साउनमा तराईमा बाढीले वितण्डा मच्चाउदा उनी उद्धारमा खटिएका थिए।

 

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!