अमेरिकाको फिल्म फेष्टिवलमा नीता ढुंगानाको ‘पंचायत’ ले सहभागीता जनाउने

Posted By OSNepal, California, USA || Date: 12 October, 2017

काठमाडौँ -अमेरिकाको सनफ्रान्सिस्कोमा हुने ‘सनफ्रान्सिस्को अन्तर्राष्ट्रिय न्यु कन्सेप्ट फिल्म फेष्टिवल २०१७’ मा नेपाली फिल्म ‘पंचायत’ सहभागी हुने भएको छ ।फेष्टिवलका लागि फिल्मका मुख्य कलाकार सरोज खनाल र नीता ढुंगाना अमेरिका जाने भएका छन् ।

अक्टोबर २५ देखी २९ सम्म हुने छ ।१५ बर्ष अघि सुरु भएको यस फेस्टिबलमा गत वर्ष देखि नेपाली फिल्मले सहभागीता जनाउन थालेका हुन् । गत वर्ष फिल्म ‘तीन घुम्ती’ ले उत्कृष्ट बिदेशी भाषाको फिल्म पुरस्कार जित्न सफल भएको थियो ।

चलचित्र पंचायतले आफुलाई २ सय चलचित्र भित्र पर्न सफल भएको बताएको छ ।गणेश गिरीको प्रस्तुती रहेको फिल्मको निर्माण सुशान्त श्रेष्ठ र शंकर सुवेदीले गरेका हुन् ।फिल्ममा सरोज खनाल र निता ढुङगाना मुख्य भूमिकामा छन् भने रुपा राना, गीता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत, विशाल पहारी लगायतको अभिनय छ ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!