इटालीमा डुङ्गा दुर्घटनामा ६३ जना आप्रवासीको मृत्यु , दर्जनौं बेपत्ता — OSNepal

इटालीमा डुङ्गा दुर्घटनामा ६३ जना आप्रवासीको मृत्यु , दर्जनौं बेपत्ता

LC (KTM) February 28, 2023 0

स्टेक्काटो डि कुट्रो, इटाली- इटालीको दक्षिणी तटमा आइतबार भएको डुङ्गा दुर्घटनामा ६३ जना आप्रवासीको मृत्यु भएको छभने दर्जनौँ बेपत्ता भएका छन् । उक्त दुर्घटनामा कम्तीमा आठ जना बालबालिकाको ज्यान गएको थियो ।

मध्य समुद्रमा आँधीबेहरीका बीच काठको डुङ्गा फुटेर उक्त दुर्घटना भएको थियो । असी जनाको जीवितै उद्धार गरिएको थियो । एक सय ७० जना बोकेर टर्कीएको समुद्रबाट डुङ्गामा उनीहरू इटालीको समुद्री तटमा पुगेका थिए । दुर्घटनाग्रस्त डुङ्गामा धेरै जना पौडिन नजान्ने थिए ।

तट रक्षक, गोताखोर, सुरक्षाकर्मीलगायत खोज तथा उद्धारमा जुटेका छन् । दुईवटा हेलिकप्टर पनि खोजमा परिचालन गरिएको छ । दक्षिणी सहर क्रोटोनको खेलमैदानमा मृतकहरूको पहिचानका लागि शव राखिएको छ । सरकारी अधिकारीले मृतकका आफन्तहरूलाई दुर्घटनामा परेका प्रियजनको विवरण उपलब्ध गराउन आग्रह गरेका छन् । उनीहरूले खोज तथा उद्धारमा विलम्ब गरिएको आरोपको खण्डन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर