डेंगु नियन्त्रणका लागि बुटवल उपमहानगरपालिकाद्रारा अभियान

Posted By OSNepal, California, USA || Date: 12 October, 2017

बुटवल । जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देही र बुटवल उपमहानगरपालिकाको संयुक्त आयोजनामा आज देखि डेगु नियन्त्रण अभियान सुरु भएको छ । ०६७÷०६८ सालदेखि रुपन्देही जिल्लामा डेगु देखिएपछि जनस्वास्थ्य कार्यालय र उपमहानगरपालिकाले प्रत्येक बर्ष डेगु नियन्त्रणको अभियान गर्दै आइरहेको छ । खोज र नष्ट गर अभियान अन्तर्गत जनस्वास्थ्य कार्यालय र बुटवल उपमहानगरपालिकाले आज देखि ३० गते सम्म डेगु नियन्त्रणका लागि काम गर्नेछन ।

जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख केयरसिंह गोदारले डेगु नियन्त्रणका लागि जनस्वास्थ्य कार्यालयले प्रत्येक बर्ष अभियान सञ्चालन गर्दै आइरहेको यस बर्ष पनि यो अभियानलाई निरन्तरता दिइएको बताउनुभयो ।

त्यस्तै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीले ३० गते सम्म डेगु नियन्त्रणका लागि प्रचारप्रसार, सचेतना कार्यक्रम र खोज र नष्ट गर अभियान सञ्चालन गर्ने बताउनुभयो । जनस्वास्थ्य कार्यालयका भेटनर शाखा कन्टोल केदार शाहाले विशेषगरी २८ र २९ गते टोल टोल र घर घरमा पुगेर खोज र नष्ट गर अभियान सञ्चालन गर्ने बताउनुभयो । उहाले ०६७÷०६८ मा २ सय ९० जना डेगुबाट प्रभावित भएको र ४ जनाको मृत्यु भएपछि रुपन्देहीमा यसको अभियान सञ्चालन गरेको बताउनुभयो ।

उहाले चालु आर्थिक बर्षमा ४१ जना प्रभावित भएको र १ जनाको मृत्यु भएको समृेत बताउनुभयो । डेगु पोथी जातको लामखुटे बाट सर्ने सरुवा रोग भएकाले पानी जम्ने बस्तुहरुलाई सफा गर्नुपर्ने बताउनुभयो । पोथी जातको लामखुटटेले दिउसमा मात्र टोकेर यो रोग सार्ने भन्दै शाहले दिउसोमा विशेष सावधानी अपनाउन आग्रह समेत गर्नुभयो । कार्यक्रम बुटवल उपमहानगरपालिका स्वास्थ्य महासाखाकी अहेव गितादेवी पाण्डेले कार्यक्रममा स्वागत  गर्नुभयको थियो ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!