शरद गौचनको अन्तेष्टिमा श्रीमती र परिवारको रोदन(भिडियो सहित)

Posted By OSNepal, California, USA || Date: 12 October, 2017

ओएसनेपाल, पोखरा- सोमबार दिउँसो नयाँ बानेश्वरस्थित घरबाट निस्कने क्रममा अज्ञात समूहको गोली लागेर निधन भएका नेपाल निर्माण व्यवसायी संघका अध्यक्ष शरदकुमार गौचनको शव परिवारले बुझेका छन्.शव बुझेलगत्तै मृतक गौचनको शवलाई श्रद्धाञ्जलिका लागि आज बिहान ९ बजेदेखि १२ बजेसम्म महासंघको कार्यालय बिजुलीबजारमा राखियो

गौचनप्रति श्रद्धाञ्जली दिन प्रधानमन्त्री शेरबहादुर देउवा, बन मन्त्री विक्रम पाण्डेसहित विभिन्न दलका नेता, निर्माण व्यवसायी र शुभेच्छुक विजुली बजार पुगेका थिए । श्रद्धाञ्जली दिने क्रममा गौचनका परिवार आफन्त र शुभेच्छुक भावविह्वल अवस्थामा देखिन्थे । उनको श्रीमती र परिवारजान भावविह्वल अवस्थामा थिए.श्रीमती भन्छिन् पापीहरूले मेरो श्रीमानलाई त मारे अरुलाई यसरी मर्ने नपरोस,भिडियोमा हेर्नुहोस शरद गौचनको अन्तेष्टिमा श्रीमती र परिवारको रोदन

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!