१५ वर्षमा गर्भवती, त्यसपछि जन्माइन् थप ७ बच्चा (भिडियो सहित)

Posted By OSNepal, California, USA || Date: 12 October, 2017

प्रसंग अस्टे«लियाको मेलबर्नमा बस्ने शेरोन जैबरको हो । उनले आफ्नो कथा सेयर गर्दै ‘१५ वर्षमा गर्भवती हुँदा आफूले कस्तो दशा भोग्नुपर्यो’ भनेर त्यसको खुलासा गरेकी छन् । खासमा उनी स्कुल तहमा पढ्दै गर्दा आमा बनेकी थिइन् ।

घटना सन् १९९९ को हो । शेरोनले बच्चा जन्माइन् । त्यस समय उनी हाइ स्कुलकी विद्यार्थी थिइन् । बच्चा गर्भमा हुँदा परिवारले गर्भपतनका लागि दबाब दिएको थियो । तर, उनले बच्चा जन्माउने फैसला गरिन् ।

बच्चा जन्माएपछि उनले थुप्रै आलोचना खेप्नुपर्यो । उनको चरित्रमाथि प्रश्न उठाइयो । तर, खास कुरा त के थियो भने उनका ब्वायफ्रेन्ड रेमसेले उनको साथ कहिल्यै छाडेनन् । (एजेन्सीको सहयोगमा)

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!