यसकारण मनकामना मन्दिरमा परेवा उडाउन निषेध — OSNepal

यसकारण मनकामना मन्दिरमा परेवा उडाउन निषेध

LC (KTM) March 07, 2023 0

गोरखा — प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा परेवा उडाउन निषेध गरिएको छ। भक्तजनले ल्याएका परेवा वातावरण अनुकूलन नहुँदा र अत्यधिक चिसोका कारण मर्न थालेपछि परेवा उडाउन निषेध गरिएको हो ।

यसो त मनकामना क्षेत्र विकास समितिले दुई वर्षअघि रोक लगाए पनि लुकिछिपी उडाउन नरोकिएपछि थप कडाइ गरिएको हो ।  । दैनिक सयौंको संख्यामा परेवा मर्ने गरेको र जसले गर्दा दुर्गन्ध बढ्ने गरेकोले निषेध गरिएको हो ।

भाकलका लागि भक्तजनले ल्याएका परेवाको रोग मनकामना क्षेत्रमा भएका परेवामा पनि सर्न थालेपछि थप कडाइ गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर