यो फिल्मका कारण करण जोहर र आदित्य चोपडाको भएको थियो झगडा — OSNepal

यो फिल्मका कारण करण जोहर र आदित्य चोपडाको भएको थियो झगडा

LC (KTM) March 08, 2023 0

फिल्म उद्योगका सबै निर्देशकहरूमा करण जोहरको आफ्नै हैसियत छ। करण जोहरको फिल्म मन पराउनेको संख्या ठूलो छ । परिवारसँग बसेर पनि करण जोहरको फिल्मको मजा लिन सकिन्छ । तर एक पटक फिल्म ‘कभी अलविदा ना कहना’का लागि उनको आदित्य चोपडासँग झगडा भयो । करण जोहरले हालै सन् २००६ मा उनको फिल्म ‘कभी अलविदा ना कहना’ को सुटिङको क्रममा भएको एउटा घटनालाई सम्झाए ।

उनले यो फिल्मको एउटा दृश्यलाई लिएर आदित्य चोपडासँग झगडा भएको बताए । फिल्म ‘कभी अलविदा ना कहना’ मा शाहरुख खान, रानी मुखर्जी, अभिषेक बच्चन, अमिताभ बच्चन, प्रीति जिन्टा र किरण खेरको मुख्य भूमिका थियो । फिल्ममा शाहरुख खान र रानीलाई विवाहित देखाइएको छ, जसले आ(आफ्ना जीवनसाथीलाई धोका दिएर घनिष्ठ हुन्छन् ।

शाहरुख खान र रानी मुखर्जीको फिल्ममा देखाइएको इन्टिमेट दृश्यलाई लिएर करण जोहरको आदित्य चोपडासँग झगडा भएको थियो । फिल्ममा रानी मुखर्जीले अभिषेक बच्चनसँग विवाह गरेकी छिन् तर उनी शाहरुख खानसँग प्रेममा परेकी छिन् । फिल्ममा यी दुईबीचको अन्तरंग दृश्य थियो । तर पछि करणले आदित्य त्यसबेला सही भएको स्वीकार गरे ।

उनी चाहन्थे कि फिल्ममा घनिष्ट दृश्य बिनाको सम्बन्ध होस् । करणले आदित्यलाई भारतीय दर्शकले मान्ने कि नमान्ने भन्ने चिन्ता रहेको बताए । फिल्मको यो दृश्यबारे करण जोहरले अनुपमा चोपडाको अल अबाउट मुभिज पोडकास्टमा भने, -म त्यो दृश्यको सुटिङ गरिरहेको थिएँ र म हिउँले ढाकिएको लोकेशनमा थिएँ।

आदिले मलाई फोन गरेर भने, सुन्नुहोस्, म केही दिनदेखि सुटिङ गरिरहेको छु। धेरै दिनदेखि यो कुरा सोचिरहेको छु र यो मेरो दिमागमा बारम्बार आउँछ। मलाई लाग्दैन कि उनीमाथि बोल्ड दृश्यहरू खिच्नु पर्छ। मलाई लाग्छ भारतले यसलाई स्वीकार गर्नेछैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर