बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुलाई कालोमोसो दल्ने भनेर धम्की दिने दुर्गा प्रसाईंको ‘कालोमोसो दस्ता’का संयोजक थापा पक्राउ — OSNepal

बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुलाई कालोमोसो दल्ने भनेर धम्की दिने दुर्गा प्रसाईंको ‘कालोमोसो दस्ता’का संयोजक थापा पक्राउ

LC (KTM) March 08, 2023 0

चितवन -दुर्गा प्रसाईंको ‘कालोमोसो दस्ता’का केन्द्रीय संयोजक शम्भु थापा पक्राउ परेका छन् । बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुलाई कालोमोसो दल्ने भनेर धम्की दिने दस्ताका थापालाई मंगलबार दिउँसो जिल्ला प्रशासन कार्यालय चितवनबाट पक्राउ गरिएको हो ।

संयोजक बनेका थापाले बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुलाई कालोमोसो दल्ने घोषणा गरेका थिए । प्रसाईं चितवन आएका दिन उनको नेतृत्वमा कालोमोसो लेखिएको टिसर्ट लगाएर युवाहरु परिचालन गरेका थिए ।

थापाको अभिव्यक्तिले बैंक तथा वित्तीय क्षेत्रमा एक प्रकारको त्रास को बाताबरण सुजना भएकाले पकउ गरिउको हो । धर्म, संस्कृति, राष्ट्र, राष्ट्रियता र नागरिक अभियानको नाममा गत फागुन १३ गते चितवनमा दुर्गा प्रसाईंले गरेको कार्यक्रममा थापालाई कालोमोसो दस्ताको केन्द्रीय संयोजक घोषणा गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर