राष्ट्रसङ्घीय महासचिव र युक्रेनका राष्ट्रपतिबीच भेटवार्ता — OSNepal

राष्ट्रसङ्घीय महासचिव र युक्रेनका राष्ट्रपतिबीच भेटवार्ता

LC (KTM) March 08, 2023 0

संयुक्त राष्ट्रसङ्घ – राष्ट्रसङ्घीय महासचिव महासचिव एन्टोनियो गुटरेस र युक्रेनका राष्ट्रपति भोलोदमिर जेलिन्स्किीकाबीचमा भेटवार्ता भएको छ । उहाँहरुका बीचमा बुधबार युक्रेनको राजधानी सहर किभमा भेटवार्ता भएको राष्ट्रसङ्घीय महासचिवका प्रवक्ताले जानकारी दिएका छन् ।

राष्ट्रसङ्घीय महासचिव गुटरेसका प्रमुख प्रवक्ता स्टेफान डुजारिकले महासचिव गुटरेस सो भेटवार्ताका लागि बुधबार युक्रेन पुग्ने जानकारी दिनुभएको हो । उहाँले मंगलबार महासचिव गुटरेस पोल्याण्ड रहनुभएको र बुधबार किभ पुगेर भेटवार्ता हुने भएको जानकारी दिनुभएको थियो ।

सो भेटवार्ताका क्रममा युक्रेन र रुसका बीचमा सन् २०२२ को जुलाईमा भएको मल तथा खाद्यान्नको निकासीको सम्झौताका विषयमा कुराकानी हुने अनुमान गरिएको थियो ।
गत वर्षदेखि युक्रेनमा रुसले गरेको आक्रमणका कारण कतिपय आपूर्तिका विषयमा विवाद उत्पन्न भएको छ । खाद्यान्न तथा अन्य आवश्यक कृषि सामग्रीहरुको आपूर्ति हुन नसक्दा विश्व बजारमा नै यसको प्रभाव परिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर