नेपाल एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा दुई स्थान माथि उक्लियो — OSNepal

नेपाल एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा दुई स्थान माथि उक्लियो

LC (KTM) March 08, 2023 0

काठमाडौं – नेपाल एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा दुई स्थान माथि उक्लिएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी० ले बुधवार सार्वजनिक गरेको वरीयतामा नेपालले दुई स्थान सुधार गरेको हो ।

यसअघि नेपाल १९ औँ स्थानमा थियो अहिले सुधार भएर नेपाल १७ औँ स्थानमा रहेको छ । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत पछिल्लो आठ खेलमध्ये सात खेल जितेको नेपाल वरीयतामा दुई स्थान माथि उक्लिएको हो ।

नेपालभन्दा पछि अमेरिका, यूएई र पपुवा न्युगिनी (पीएनजी) क्रमशः १८ औँ, १९ औँ र २० औँ स्थानमा रहेका छन् । एकदिवसीय वरीयतामा भारत शीर्ष स्थानमा रहँदा अस्ट्रेलिया, न्युजिल्यान्ड, इङ्ल्यान्ड र पाकिस्तान क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौँ नम्बरमा छन् ।टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा भने नेपाल १६ औँ स्थानमा यथावत् छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर