नेपालमा होली मनाइन् बलिउड अभिनेत्री तमन्ना भाटियाले — OSNepal

नेपालमा होली मनाइन् बलिउड अभिनेत्री तमन्ना भाटियाले

LC (KTM) March 09, 2023 0

काठमाडौं । ‘बाहुबली स् द बिगिनिङ’ की नायिका तमन्ना भाटिया हाल नेपालमा छिन् । उनले नेपालमा होली मनाएकी छिन् ।नेपालमा होली मनाएको तस्बिर उनले आफ्नो सामाजिक सञ्जालमा राखेकी छिन् । गालामा रातो रङ लगाएको पाँच वटा फोटो इन्स्टाग्राममा सेयर गर्दै उनले लेखेकी छिन्, ‘ह्याप्पी होली फ्रम नेपाल ।’

पर्यटन बोर्डका प्रवक्ता मनिराम लामिछानेले तमन्ना औपचारिकभन्दा पनि निजी भ्रमणमा आएको जानकारी दिए ।सौर्य दैनिकमा खबर छ ।तमन्ना भारतीय अभिनेत्री हुन् । उनी तेलुगु, तमिल र हिन्दी सिनेमामा सक्रिय छिन् । ८० भन्दा बढी फिल्ममा अभिनय गरिसकेकी उनी विशेषतः बाहुबलीका लागि चर्चित छिन् ।

यो पनि : अभिनेत्री सुरक्षा पन्त र मानव सुवेदीबीच इन्गेजमेन्ट:काठमाडौं  अभिनेत्री सुरक्षा पन्त र अभिनेता मानव सुवेदीबीच इन्गेजमेन्ट भएको छ । 

बिहीबार विवाह गर्ने तयारी गरेका उनीहरुले बुधबार इन्गेजमेन्टको भएको तस्बिर सार्वजनिक गर्दै आशिर्वाद मागेका छन् । 

सामाजिक सञ्जाल फेसबुकमार्फत बुधबार तस्बिर सार्वजनिक गर्दै अभिनेत्री सुरक्षाले लेखेकी छन्, ‘आजबाट नयाँ अध्याय सुरु हुँदै छ । हामी धेरै खुसी छौँ ।  आशिर्वाद दिनुहोला ।’ 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर