आफ्नै काखे छोरालाई तातो पानी खन्याएको भन्दै गायक राजेश पायल राई विवादमा तानिए — OSNepal

आफ्नै काखे छोरालाई तातो पानी खन्याएको भन्दै गायक राजेश पायल राई विवादमा तानिए

LC (KTM) March 09, 2023 0

काठमाडौँ । कम बोल्ने र हत्तपत्त मिडियामा नआउने स्वभावका गायक राजेश पायल राई पछिल्ला दिनमा मिडियामा छाइरहेका छन् । भ्वाइस अफ नेपालको कोचमा रुपमा देखिन थालेपछि उनी मिडिायामा छाउन थालेका छन् । तर उनी पारिवारिक कारणले विबादमा पर्दै जान थालेका छन् । आफ्नै फ्यान साङबुङसँग लिभइन रिलेसनमा बस्दै आएका उनले लामो समयसम्म आफ्नो सम्बन्ध लुकाउँदै आउ । तर एक्कासी बच्चा गर्भमा आएपछि भने उनी अप्ठ्यारोमा परे ।

सन्तान जन्मिएपछि दुवैको विवाह भएको सार्वजनिक भयो। राजेश बाबु बनेको पनि उनले हैन श्रीमतीले टिकटकबाट सार्वजनिक गरेकी थिइन्। आफ्नो वैवाहिक अवस्थाबारे राजेश मौन नै बसे तर पत्नि साङबुङले सबै रहस्यहरु खोल्दै गइन् । उनी र राजेशको कानुनी सम्बन्धबारे प्रश्न उठेपछि उनले विवाह दर्ताको प्रमाण पत्र नै सार्वजनिक गरेपछि मिडियामा भाइरल भयो ।

यसैबिच मङ्गलवार दिउँसो एकाएक राईकी श्रीमती साङ्गवुङ राईले फेसबुकमा राजेशले आफ्नो सानो छोरालाई तातो पानी खन्याईदिएको भन्दै स्टाटस लेखिन् । उनले फेसबुकमा लेखेकी छिन् ‘आज मेरो दुधे बालक (जसको बोली पनि फुटेको छैन) लाई तातो पानी खन्यायो।

भोलि गएर हामी आमा छोरालाई तातो पानी खन्याउन पनि बेर लगाउँदैन। मेरो सानु छिटो निको हुनु, पापी बाउ । उनले राजेशलाई आरोप लगाउँदै लेखेको स्टाटस क्षणभरमा नै भाइरल बन्यो । र उनको फेसबुक अहिले डिएक्टिभेट भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर