सर्वोच्चले द्वन्द्वकालीन मुद्धालाई नियमित प्रक्रियावाट हेरे पछि माओवादी घटकले अन्तर्क्रिया गर्ने — OSNepal

सर्वोच्चले द्वन्द्वकालीन मुद्धालाई नियमित प्रक्रियावाट हेरे पछि माओवादी घटकले अन्तर्क्रिया गर्ने

LC (KTM) March 10, 2023 0

काठमाडौं, २६ फागुन । माओवादी घटकहरुको बैठकले द्वन्द्वकालीन घटनासँग सम्बन्धित मुद्दा नियमित अदालतबाट नभई सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगबाट टुंगो लगाउर्नमा जोड गर्ने भएको छ ।

प्रधानमन्त्री निवास वालुवाटरमा बसेको माओवादी घटकहरुको बैठकले द्वन्द्वकालीन घटनासँग सम्बन्धित मुद्दा नियमित अदालतवाट निरुपण गर्न खोजेमा शान्ति प्रक्रिया भंग हुन जाने निष्कर्ष निकालेका छन ।

क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलका अनुसार त्यसका लागि फागुन २८ गते पत्रकार सम्मेलन र ३० गते बृहत अन्तर्क्रिया कार्यक्रम गर्ने निष्कर्ष बैठकले गरेको छ ।सर्वोच्चले द्वन्द्वकालीन मुद्धालाई नियमित प्रक्रियावाट हेरे पछि माओवादीले अन्तर्क्रिया गर्न लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर