मोरङबाट ४ लाख ७५ हजार नगदसहित हुन्डी कारोबारी पक्राउ — OSNepal

मोरङबाट ४ लाख ७५ हजार नगदसहित हुन्डी कारोबारी पक्राउ

LC (KTM) March 10, 2023 0

विराटनगर, २६ फागुन – हुन्डी कारोबारमा संलग्न भएको आरोपमा विराटनगर प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले ४ लाख ७५ हजार नगदसहित शुक्रबार पक्राउ गरेको हो ।

विराटनगर महानगरपालिका-१५ का ३१ वर्षीय धर्मानन्द साहलाई ४ लाख ७५ हजार नगदसहित को २९ प ९३३९ मोटरसाइकलमा हिँड्दै गरेको अवस्थामा विभिन्न बैंकका भौचर र एटिएम कार्डसहित पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

प्रहरीले उनलाई हुन्डी कारोबारमा संलग्न भएको आशंकामा पाँच दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर