वालुवाटार बैठकमा प्रभु साह पनि, गठबन्धन आबद्ध दलको संख्या १० दल पुग्यो — OSNepal

वालुवाटार बैठकमा प्रभु साह पनि, गठबन्धन आबद्ध दलको संख्या १० दल पुग्यो

LC (KTM) March 11, 2023 0

काठमाडौं, २७ फागुन । नेकपा माओवादी केन्द्र नेतृत्वको सत्तारुढ ९ दलीय गठबन्धनमा प्रभु साह नेतृत्वको आम आदमी पार्टी पनि समावेश भएको छ ।प्रधानमन्त्री निवास वालुवाटारमा जारी बैठकमा साह नेतृत्वको आम आदमी पार्टी पनि सहभागी भएको हो । सो बैठकले उपराष्ट्रपतिको उम्मेदवार चयन गर्नेछ ।

निर्वाचन आयोगले आज बिहान १० बजे देखी अपरान्ह ३ बजे भित्र उम्मेदवारको मनोनयनको लागि समयसिमा तोके पछि गठबन्धनले बैठक बोलाएर उम्मेदवार टुंगो लगाउन लागेको हो ।

गठबन्धन आवद्ध दल मध्ये जनता समाजवादी पार्टी नेपालले रामसहाय यादव, नागरिक उन्मुक्ति पार्टीले रञ्जिता श्रेष्ठ, जनमत पार्टीले ममता झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने यसअघि नै निर्णय गरिसकेका छन ।

निर्वाचन आयोगले पुरुषलाई उम्मेदवार बनाउन नसकिने भने पछि गठबन्धन आबद्ध दलले नयाँ उम्मेदवार तय गर्ने कि साना दलले निर्णयलाई सदर गर्ने भन्ने बारेमा निर्णय लिनेछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर