महोत्तरीको बर्दिबासमा जग्गा वर्गिकरणपछी कित्ताकाट गर्ने निर्णय — OSNepal

महोत्तरीको बर्दिबासमा जग्गा वर्गिकरणपछी कित्ताकाट गर्ने निर्णय

LC (KTM) March 11, 2023 0

महोत्तरी-महोत्तरीको बर्दिबासमा जग्गा कित्ताकाट प्रक्रियालाई अगाडी वढाइने निर्णय गरिएको छ ।लामो समयदेखी जग्गा वर्गीकरण कै अभावमा कित्ताकाट रोकिएको वेला बर्दिबास नगरपालिकाले विभिन्न १० सिर्षकमा रहेर जग्गा वर्गिकरणको मापदण्ड समेत सार्वजनिक गरेको हो ।

व्यवसायिक क्षेत्र, आवासिय क्षेत्र, कृषि क्षेत्र, सार्वजनिक उपयोगको क्षेत्र, कला संस्कृति तथा पुरात्त्विक क्षेत्र, औधोगिक क्षेत्र, खानी तथा खनिज क्षेत्र,वन क्षेत्र, नदि, खोला, ताल तथा सिमसार क्षेत्र र नेपाल सरकारवाट तोकिएको अन्य क्षेत्र गरि नगरभरीको जग्गालाइ १० भागमा बिभाजन गरिएको नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले जानकारी दिए ।

जग्गा वर्गीकरण बैज्ञानिक ढंगवाट गरिएको हुनाले कित्ताकाटमा कुनै समस्या नआउने सेवा प्रदायक कम्पनी स्मार्ट सिटी विल्डर्सको दावी छ ।
नगर क्षेत्रको जम्मा ३१५.४ स्क्वायर फिट बर्गकिलोमिटर जगामध्य कृषि क्षेत्रको लागी मापदण्डअनुसार ५ हजार ४ सय ८३ हेक्टर जग्गा रहेको सिटी विल्डर्सले जनाएको छ ।

त्यसैगरी आवासिय क्षेत्रको २७०७ हेक्टर, व्यवसायिक क्षेत्रको ८८४.०७ हेक्टर, औधोगिक क्षेत्रको ०.१७ हेक्टर, कला, संस्कृति तथा पुरात्त्विक महत्वको क्षेत्रको जग्गा ५.४९ हेक्टर, वन क्षेत्रको १८८७३.०६ हेक्टर, नदि, खोला, सिमसार क्षेत्रमा २९२६.२३ हेक्टर, खानी तथा खनिज क्षेत्रमा १०.८६ हेक्टर, सार्वजनिक उपयोगको क्षेत्रमा १०.८६ हेक्टर क्षेत्रफल रहेको नगरपालिकाले जनाएको छ ।

यो जग्गा अहिलेको मापदण्डअनुसार वर्गीकरण गरिएको हो । अहिलेको तथ्यांकलाई आधार मान्ने हो भने यसअघि भएको बर्गिकरणमा निर्धारण गरिएको क्षेत्रफल घटेको देखिएको छ ।

सहरिकरणको विकाससगैँ कृषियोग्य जगा खुम्चिएको देखिएको छ भने आवासिय क्षेत्रमा वृद्धि भएको छ । २०७४ को तथ्यांकअनुसार कृषि क्षेत्रमा ८२३२ हेक्टर खेतियोग्य जमिन थियो तर अहिलेको वर्गीकरणमा यो क्षेत्रफल खुम्चिएर ५४८३ हेक्टर क्षेत्रफल वनेको छ ।

यो ५ वर्षको अवधीमा व्यवसायिक क्षेत्रमा निक्कै बिस्तार भएको देखिएको छ । २०७४ मा १३.१ व्यवसायिक क्षेत्र रहेकोमा यो अहिले बढेर ८८४.०७ हेक्टर पुगेको नगरपालिकाले जनाएको छ ।

पहिले र अहिलेको तथ्यांकलाई हेर्ने हो भने नदि, खोला, ताल तथा सिमसार क्षेत्रमा अतिक्रमण भएको देखिएको छ । ५ बर्ष अघि ३६६०.८४ हेक्टर क्षेत्रफल रहेकोमा अहिलेको वर्गीकरणमा घटेर २९२६.२३ हेक्टरमा खुम्चिएको छ ।

सेवा प्रदायक कमपनिले हस्तान्तरण गरेको उक्त जग्गा वर्गीकरणलाई नगरपालिकाको कार्यापालिकाले आजै सदर गरेको हो । कार्यापालिकाको निर्णयसहित आइतवार राजपत्रांकितमा प्रकाशित गरि केन्द्रिय नापी कार्यालयमा पठाउने नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले जानकारी दिए ।

प्रकृया पूरा हुनासाथ तुरुन्त कित्ताकाट गरेर बैंक कर्जा तथा किनवेच गर्न सक्ने नगर प्रमुख प्रल्हाद कुमार क्षेत्रीले जानकारी दिए ।

जग्गा वर्गीकरण गरि कित्ताकाट प्रक्रियामा यो नगर मधेश प्रदेश कै पहिलो पालिका वनेको छ ।

ओइलानी जग्गाको प्रक्रिया तत्काल अगाडि बढाइने

ओइलानी तथा अव्यवस्थित जग्गाको विवाद पनि तत्काल टुंग्याउने नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीको भनाइ छ ।अघिल्लो सरकारवाट भएका त्रुटिका कारण कतिपय जग्गामा विवाद भएकै कारण तत्काल लालपुर्जा वितरण प्रक्रियामा समस्या वनेको प्रमुख क्षेत्रीले वताए ।

विवादित जग्गामा पुन: नापी गर्ने नापी कार्यालयसँग सहमती भएको छ ।´ उन्ले भने । सोमवार वा मंगलवार य्प बिषय पनि टुंगोमा पुग्नेछ ।´विवादित जग्गाको समस्या सावधान भएपछी लालपुर्जा वितरण प्रक्रिया अगाडि वढने पनि नगरप्रमुख क्षेत्रीको जिकिर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर