जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादव र प्रमिला यादवले उम्मेदवारी दर्ता गर्दै — OSNepal

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादव र प्रमिला यादवले उम्मेदवारी दर्ता गर्दै

LC (KTM) March 11, 2023 0

जनता समाजवादी पार्टी, नेपालबाट उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव र प्रमिला यादवले उम्मेदवारी दर्ता गर्ने भएका छन् ।
रामसहाय प्रसाद यादव प्रतिनिधि सभा संसदीय दलका नेता हुन् भने प्रमिला यादव राष्ट्रिय सभा सदस्य हुन् ।

यो पनि पढ्नुहोस – उम्मेदवारी दर्ता गर्न संसद भवन पुगिन् अष्टलक्ष्मी : नेकपा एमाले नेतृ अष्टलक्ष्मी शक्य उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गर्न वानेश्वर पुगेकी छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीसहित नेतृ शाक्य उम्मेदवारी दर्ता गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय वानेश्वर पुगेकी हुन् ।

उम्मेदवारी दर्ता गर्न अध्यक्ष ओलीसहित नेताहरु सुवास नेम्वाङ,शंकर पोखरेल, विष्णु रिमाल, गोकर्ण विष्ट लगायत पनि बानेश्वर पुगेका छन् । एमाले सचिवायल बैठकले शनिबार शाक्यलाई उपराष्ट्रपतिको उम्मेद्वार बनाउने निर्णय गरेको थियो ।

एमालेले शाक्यलाई नै उपराष्ट्रपतिको उम्मेदवार बनाएको यो दोस्रोपटक हो । यसअघि २०६५ मा सम्पन्न उपराष्ट्रपतिको निर्वाचनमा पनि उनलाई उम्मेदवार बनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर