काठमाडौं उपत्यकामा भारी वर्षा — OSNepal

काठमाडौं उपत्यकामा भारी वर्षा

LC (KTM) March 11, 2023 0

काठमाडौं, २७ फागुन-काठमाडौं उपत्यकाका अधिकांश क्षेत्रमा अहिले भारी वर्षा भइरहेको छ । काठमाडौंको धाप र सुन्दरीजल तथा भक्तपुरको नगरकोट क्षेत्रमा भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

यो पनि: नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्ने माग- नागरिकताविहीन सङ्घर्ष समिति नेपालले नागरिकता विधेक–२०७९ प्रमाणीकरणका लागि सरकारको ध्यानाकर्षण गराएको छ । समितिले आज पत्रकार सम्मेलन गरी जन्मका आधारमा नागरिकता पाएका नेपाली आमाबाबुका करिब ११ लाख सन्तान नागरिकताबाट बञ्चित हुनु परेको भन्दै जतिसक्दो चाँडो विधेयक प्रमाणीकरणका लागि आग्रह गरेको छ ।

आमाबाबु नेपाली नागरिक भए पनि कानुन अभावका कारण आफ्ना सन्तानलाई नागरिकता दिन नसक्ने अवस्था आउनु गम्भीर विषय भएको समितिले जनाएको छ । समितिका अध्यक्ष इन्द्रजित साफीले नेपालको संविधान जारी भएको झण्डै आठ वर्ष हुँदासमेत नागरिकतासम्बन्धी विवाद टुङ्गोमा नपुगेको उल्लेख गर्दै नेपालमा विदेशीलाई नागरिकता पाउन सजिलो र वास्तविक नेपालीले नागरिकता पाउन समस्याको भएको गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो, “प्रतिनिधिसभा र राष्ट्रियसभाबाट बहुमतले पारित गरेको नागरिकता विधयेक पारित नगर्नु संविधानविपरीत छ ।”

नागरिकता नभएकै कारण लाखौँ नेपाली उच्च शिक्षा हासिल गर्ने अवसरबाट बञ्चित हुनुपरेको उहाँले बताउनुभयो । समितिका सदस्य उत्तम कुमारले कुनै पनि नेपाली नागरिकको सन्तानलाई नागरिकताबाट बञ्चित गरिने छैन भनी नेपालको संविधानमा प्रष्ट लेखिएको अवस्थामासमेत आफूहरुले दुःख झेलिरहनुपरेको गुनासो गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर