चैत ८ गते बस्नेगरी सारियो राष्ट्रिय सभाको बैठक — OSNepal

चैत ८ गते बस्नेगरी सारियो राष्ट्रिय सभाको बैठक

LC (KTM) March 12, 2023 0

काठमाडौं, २८ फागुन । सोमबारका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक १० दिनपछि बस्ने गरी सारिएको छ ।

सोमबार दिउँसो १ः०१ बजे बस्ने गरी डाकिएको राष्ट्रिय सभाको बैठक विशेष कारणवस १० दिनपछि बस्ने गरी सारिएको राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले जानकारी दिएका छन् ।

सचिव फुयालका अनुसार सोमबारका लागि बोलाइएको बैठक अब ८ चैत बुधबार दिउँसो १ः०१ बजे बस्नेछ ।

यसबारे फुलालले जारी गररेको सूचना स्

मिति २०७९ साल फागुन २९ गते सोमबार अपराह्न १ः०१ बजे बस्ने गरी निर्धारण गरिएको संघीय संसद, राष्ट्रिय सभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकोले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम ९३० बमोजिम सम्माननीय अध्यक्षज्यूले कार्यव्यवस्था परामर्श समितिको परामर्शमा २०७९ साल चैत ८ गते बुधबार अपराह्न १ः०१ बजे बस्ने गरी निर्धारण गर्नुभएको ब्यहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।

राजेन्द्र फुयाल
राष्ट्रिय सभाको सचिव

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर