लोपोन्मुख अवस्थामा रहेका डङ्गर प्रजातिको गिद्ध मृत फेला — OSNepal

लोपोन्मुख अवस्थामा रहेका डङ्गर प्रजातिको गिद्ध मृत फेला

LC (KTM) March 13, 2023 0

लोपोन्मुख अवस्थामा रहेका डङ्गर प्रजातिको गिद्ध मृत फेला परेको छ । नवलपरासी(बर्दघाट–सुस्तापूर्व)को कावासोती–३ स्थित केरुङ्गे खोलाको छेउमा पाँच वटा डङ्गर प्रजातिको गिद्ध मृत भेटिएको डिभिजन वन कार्यालयले जनाएको छ ।

वन अधिकृत मोहनराज काफ्लेले पाँच गिद्ध मृत अवस्थामा र दुई घाइते अवस्थामा फेला परेको जानकारी दिनुभयो । “गिद्ध मरेको ठाउँमा एउटा स्याल पनि मरेको भेटिएको छ” उहाँले भन्नुभयो, “स्यालको विषाक्त मासु खाएर गिद्ध मरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।”

गिद्ध मर्नाको कारणबारे अनुसन्धान तथा खोजीका लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, डिभिजन वन कार्यालयका टोली घटनास्थल पुगी अनुसन्धान थालेको वन अधिकृत काफ्लेले जानकारी दिनुभयो । गिद्ध मरेको ठाउँ नजिकै सिमलको रुखमा गिद्धका गुँड भएकाले थप गिद्धको मृत्यु भएको हुनसक्ने हुँदा खोजी थालिएको उहाँको भनाइ थियो । घटना भएको ठाउँ जिल्ला सदरमुकाम कावासोतीबाट करिब दुई किलोमिटर उत्तरी क्षेत्रमा पर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर