मोडल उमेश भट्टको निर्देशनमा फड्को, मिस पवीसँग गरे रोमान्स — OSNepal

मोडल उमेश भट्टको निर्देशनमा फड्को, मिस पवीसँग गरे रोमान्स

LC (KTM) March 13, 2023 0

काठमाडौं । गायक सुमन केसी र गायिका अनु चौधरीको स्वर रहेको कतै म हराए भने बोलको गीतको भिडियो रिलिज गरिएको छ । विष्णु भण्डारीका शब्द, सरोज पोखरेलको संगीत रहेको सार्वजनिक गीतमा टिकटक स्टार मिस पवी र ह्याण्डसम मोडल तथा नायक उमेश भट्टको रोमान्टिक अभिनय देख्न सकिन्छ ।

नेपालकै सुन्दर नगरी इलाममा छायांकन गरिएको भिडियोमा उमेरसँग मिस पवी रोमान्टिक देखिएकी छिन् । वैँशालु उमेरमा प्रेममा परेको एक प्रेमिल जोडीको रोमान्टिक प्रेम कहानीलाई निर्देशक उमेश भट्टले कलात्मक शैलीमा भिडियोमा देखाएका छन् । जसको कोरियोग्राफी राजिव समरले गरेका हुन् ।

युवा उद्यमीसमेत रहेका मोडल उमेशको यो डेब्यु निर्देशन हो । उनको केही समयअगाडि मात्रै केकी अधिकारीसँग अभिनय रहेको सान्बाबु बोलको गीतको भिडियो रिलिज भएको थियो । त्यसअघि उनको लुकिछिपी बोलको गीतको भिडियोले चर्चा कमाएको थियो । उमेशले भोजपुरी फिल्म प्रेम गीतमा पनि शीर्ष भूमिकामा काम गरिसकेका छन् ।

सुप्रिम पराजुलीको सम्पादन, अनिल के मानन्धरको छायांकन रहेको गीतमा दिवेश राईको एरेन्ज, चन्द्र चौधरीको मिक्सिङ र मास्टरिगं रहेको आशमान मोसन पिक्चर्सबाट बजारमा आएको हो । उमेशका आधा दर्जन भिडियो आउने क्रममा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर