एक वर्ष पनि टिकेन् नायिका वर्षा शिवाकोटीको विवाह, आशिषले गरे अर्कै युवतीसँग बिहे — OSNepal

एक वर्ष पनि टिकेन् नायिका वर्षा शिवाकोटीको विवाह, आशिषले गरे अर्कै युवतीसँग बिहे

LC (KTM) March 14, 2023 0

काठमाडौं -नायिका वर्षा शिवाकोटीको विवाह १० महिनामै टुटेको छ । गत वैशाखमा अमेरिका निवासी आशिष गेलालसँग विवाह गरेकी वर्षाको विवाह टुटेको पुष्टि भएको छ । सोमबार आशिषको एक आफन्तको फेसबुकमा उनले अर्कै युवतीसँग विवाह गरेको तस्विर र भिडियो बाहिरिएपछि वर्षाको विवाह टुटेको पुष्टि भएको हो ।

सोमबार बाजा बजाएर आशिषले समीक्षासँग विवाह गरेको तस्विर र भिडियो फेला पारेकाले नायिका वर्षा शिवाकोटीको वैवाहिक सम्बन्ध समाप्त भएको पुष्टि हुन्छ। वर्षाले सामाजिक सञ्जालमा गत वैशाखमा गेलालसँग विवाह भएको सार्वजनिक गर्दै लेखेकी थिइन्, ‘परिवार र निकट साथीहरूका माझमा २०२२ अप्रिल २२ मा बिहे गरेको खबर सार्वजनिक गर्न पाउँदा हामी खुसी छौं।

हामीले नयाँ जिन्दगीको सुरुआत गरेका छौं। तपाईंहरू सबैले दिएको माया र सहयोगका लागि धेरै धन्यवाद। सप्रेम ! आशिष र वर्षा।’चमा यी दुवैबीच सामाजिक सञ्जालमा फलो र अनफलोको क्रम चलेपछि दुवैको सम्बन्ध बिग्रिएको अनुमान गरिएको थियो । यी दुवैले आफ्नो सम्बन्धका बारेमा केही सार्वजनिक गरेनन्। एकाएक वर्षाको इन्स्टाग्रामबाट विवाहको फोटो डिलिट भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर