नेपाल वादोरियो करांते डो संघ गठन, लुम्बिनी प्रदेश अध्यक्षमा पन्थी — OSNepal

नेपाल वादोरियो करांते डो संघ गठन, लुम्बिनी प्रदेश अध्यक्षमा पन्थी

LC (KTM) April 08, 2023 0

भैरहवा, २५ चैत-नेपाल वादोरियो करांते डो संघ लुम्बिनी प्रदेशको भेला तथा २४ औं दिक्षान्त समारोह शनिवार सम्पन्न भएको छ ।भेलाले जेनेश पन्थीको अध्यक्षतामा १३ सदस्यीय नेपाल वादोरियो करांते डो संघको लुम्बिनी प्रदेश कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा शोभाखर पन्थ,सचिवमा लोक प्रसाद भण्डारी( राजु), कोषाध्यक्षमा कमरुद्धिन अलि सर्वसम्मत चयन हुनुभएको नेपाल वादोरियो करांते डो संघका संस्थापक अध्यक्ष तथा प्रमुख प्रशिक्षक हरी शरण के.शी. (हुस् ), ले जानकारी दिए ।

यस्तै नव गठित प्रदेश कमिटीको सदस्यहरुमा युवराज अर्याल, अर्जुन गिरी, कृष्ण भण्डारी, अंकित थापा, जिलेदार थारु, विराट पौडेल, सम्झना शर्मा, सुर्य चापागाई, लोकमान गुरुङ चयन भएका छन् ।

नव निर्वाचित कमिटीलाई बधाई तथा शुभकामना दिदै  केन्द्रिय अध्यक्ष केशीले वादोरियो करांतेको ईतिहास लामो रहेको भन्दै अनुशासित खेलाडि उत्पादन गर्न निर्देशन दिए । नेपाल करांते महासंघ केन्द्रिय वरिष्ठ उपाध्यक्ष, साउथ एसियन  वादोरियो करांते डो संघका अध्यक्ष समेत रहनुभएका केशीले अव नेपालमा करांते महासंघमा कुनै द्धिविधा नरहेको बताउँदै चारवटा करांते मात्र राष्टिय मान्यता प्राप्त भएको जानकारी दिए । नेपाल वादोरियो संघका कमिटी तथा खेलाडिहरु देशका ६५ जिल्ला तथा पांच प्रदेशमा रहेको जानकारी दिदै वांकी जिल्ला र प्रदेशमा समेत कमिटी विस्तार गर्ने तयारीमा रहेको बताए ।

कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद् लुम्बिनी प्रदेशका सदस्य सचिव जय प्रकाश भट्टराईले करांते खेल मार्फत नेपाललाई अन्तराष्ट्रिय रुपमा चिनाउन सफल खेलाडिको संरक्षण गर्न परिषद् तत्पर रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर