बुद्ध धर्म पढाइको सुरुवात भएको २० वर्ष पुगेको अवसरमा अमेरिकामा गुञ्जियो आनीको ‘फूलको आँखामा फूलै संसार’

Posted By OSNepal, California, USA || Date: 12 November, 2017

ओएसनेपाल, क्यालीफोर्निया । कालजयी गीत फूलको आँखामा फूलै संसार अमेरिकाको Tresidder Memorial Union, 2nd Floor Stanford, CA 94305 मा गुञ्जिएको छ । स्टान्र्डफोर्ड कलेजमा बुद्ध धर्म पढाइको सुरुवात भएको २० वर्ष पूरा भएको अवसरमा गायिका आनीको यो जीवन्त गीतले स्थान पाएको हो ।

कार्यक्रममा ९० प्रतिशत भन्दा बढी बिदेशीहरुको सहभागीता रहेको थियो । यो निकै नै लोकप्रिय गीतको चर्चा विश्वभर भइरहँदा अमेरिकामा रहेको विश्वकै चर्चित विश्वबिद्यायलमा बुद्ध धर्मको पढाइ सुरुवात भएपश्चात आयोजना गरिएको एक विशेष कार्यक्रममा न्यहू बज्राचार्य र आनीको यो गीतको पनि विशेष चर्चा भएको थियो ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!