रौतहटमा गोली चल्दा एक जनाको मृत्यु, १० जनाभन्दा बढीलाई नियन्त्रणमा — OSNepal

रौतहटमा गोली चल्दा एक जनाको मृत्यु, १० जनाभन्दा बढीलाई नियन्त्रणमा

LC (KTM) April 15, 2023 0

रौतहट, २ वैशाख -रौतहटको गढीमाइ नगरपालिकामा सडक सम्बन्धी विवादका क्रममा दुई समूहबीच झडप हुँदा गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् ।

गोली लागेर गढीमाइ नगरपालिका-८ का ५० वर्षीय राजकुमार राय यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । यादवको वीरगन्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । अन्य चार जना घाइतेको उपचार भइरहेको छ ।

घटनामा संलग्न भएको आशंकामा १० जनाभन्दा बढीलाई नियन्त्रणमा लिइसकेको र सीमा क्षेत्रमा कडाइ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गाउँमा सडक कहाँ बनाउने भन्ने विषयमा एकै गाउँका दुई समूहबीच विवाद चर्किँदै गर्दा झडप लिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर