हाँस्नुका पाँच फाइदा, अनि किन नहाँस्ने ?

Posted By OSNepal, California, USA || Date: 14 November, 2017

काठमाडौं : हाँस्नु स्वास्थ्यका लागि राम्रो हो । सबैले यही भन्छन् । तर, धेरै मानिस हाँसेर भन्दा पनि सिरियस जीवन बाँचेको देख्न सकिन्छ । एक अध्यानले सार्वजनिक गरे अनुसार हाँस्नुका पाँच फाइदा यी हुन् ।

१ हाँस्ने गर्नाले हृदयको अभ्यास हुन जान्छ । रक्तसंचार राम्रोसँग हुन्छ । हाँस्नाले शरीरबाट एंडोफिर्न रसायन बाहिर जान्छ जसले हृदयलाई बलियो बनाउँछ ।

२ एक अनुसन्धानले बताए अनुसार, मासिको अक्सिजन शरीरमा प्रवेश गरेपछि क्यान्सर तथा अन्य विभिन्न प्रकारका हानीकारक किटाणुहरू तथा भाइरसहरू नष्ट हुन जान्छन् । हाँस्ने गर्नाले शरीरमा अधिक मात्रामा अक्सिजन जान्छ साथै शरीरको प्रतिरक्षा प्रणाली पनि मजबुत बनाउँछ ।

३ यदि विहानको समयमा हाँस्य ध्यान योग गर्ने हो भने दिनभरी प्रसन्नता हुन सकिन्छ । यदि साँझमा हाँस्य योग गर्ने हो भने राम्रो निद्रा पर्न जान्छ । हाँस्नु मधुमेह, ढाड दुख्ने व्यक्ति तथा तनावबाट पीडित व्यक्तिहरूका लागि लाभदायक छ ।

४ हाँस्नुले सकारात्मक उर्जा पनि बढाउने गर्दछ, जसले दैनिक कार्यमा पनि सहजता ल्याउने गर्दछ । विहान हाँस्ने गरेमा सकारात्मक ऊर्जा बढ्छ । जसले विहानदेखि अफिसमा समेत खुसी छाउने काम गर्दछ । त्यसै कारण दुई÷चार चुटकिला पढेर वा सुनेर आफ्नो दिनको शुरुवात जोडदार हाँसोका साथमा गर्नुस् ।

५ दैनिक एक घण्टा हाँस्ने हो भने ४०० क्यालोरी उर्जा खपत हुन जान्छ जसले मोटोपनलाई नियन्त्रण गर्दछ । अहिले विभिन्न देशहरूमा हाँस्य क्लबहरू समेत स्थापना गरी मानिसको जीवनलाई हाँस्यको माध्यमबाट तनाव मुक्त गराउने कार्यमा जुटिरहेका छन् ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!